बाजुरामा सुल्झिएन विवाद, हुनसकेन मतगणना
फाइल तस्वीर ।

बाजुरामा पछिल्लो समय मतगणनामा विवाद देखिएको छ । यो विवाद अहिलेसम्म कायम छ । त्यहाँ दुई ठाउँका मतपेटिकामा मुचुल्काभन्दा बढी मत देखिएकाले विवाद भएको हो ।

प्रतिनिधि सभाको गणना गर्दा हिमाली गाउँपालिकाको एक मतदान केन्द्रमा मुचुल्काभन्दा ४० मत बढी पाइएको थियो । त्यस्तै, प्रदेश सभामा बुढीगंगा नगरपालिकाको एक मतदान केन्द्रमा ९८ मत मुचुल्काभन्दा बढी पाइएको छ ।

हिमाली गाउँपालिका कांग्रेसको बाहुल्यता भएको क्षेत्र हो भने बुढीगंगा एमालेको बाहुल्यता भएको क्षेत्र हो ।

त्यहाँको प्रशासनले विवाद समाधान गरेर आफूहरु मत गणना गर्ने वातावरण बनाउन लागिरहेको बताएको छ ।





  • प्रकाशित मिति : मंसिर १६, २०७९ शुक्रबार १४:३७:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया