नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले वर्तमान पार्टीका नेतृत्वबाट अहिलेका चुनौतीहरुको समाधान नहुने बताएका छन् । उनले अहिलेको समस्याको समाधानका लागि युवाहरु नेतृत्वमा आउनु पर्ने बताएका छन् ।
गुल्मी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित भण्डारीले गुल्मीको सदरमुकाम तम्घासमा आयोजित एक पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् ।
‘वर्तमान समस्यालाई समाधान गर्न युवाहरु नेतृत्वमा आउनु पर्ने हुन्छ,’ उनले भनेका छन्, ‘अबको सरकार कसले नेतृत्व गर्ने भन्ने विषयमा पार्टीभित्र र गठबन्धनभित्र रहेर सहमति गरिने छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।