कमल थापाको पार्टीले समानुपातिकमा कति मत पायो ?
फाइल तस्बिर

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको महाधिवेशनमा अध्यक्षको चुनाव हारेपछि पार्टी फुटाएका कमल थापाको नयाँ पार्टी राप्रपा नेपालले समानुपातिकतर्फ ३ हजार ३९१ मत पाएको छ ।

एमालेको समर्थनमा मकवानपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेका थापा स्वयं पनि निर्वाचनमा पराजित भएका छन् ।

यता राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले भने आम निर्वाचनमा छलाङ मारेको छ । प्रत्यक्षतर्फ ७ सिट जितेको राप्रपा ५ लाख ८५ हजार ९२१ मतसहित राष्ट्रिय पार्टी बन्न सफल भएको छ ।  





  • प्रकाशित मिति : मंसिर १६, २०७९ शुक्रबार १५:३७:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया