अब भ्रष्टाचारविरुद्ध संसदबाट लड्छौँ : ज्ञानेन्द्र शाही
फाइल तस्बिर

जुम्लाबाट नवनिर्वाचित सांसद ज्ञानेन्द्र शाहीले अब भ्रष्टाचारीविरुद्ध संसदबाट लड्ने बताएका छन् । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन कोहलपुर बाँकेले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै शाहीले त्यस्तो बताएका हुन् । 

‘म अहिले टेक्निकल रूपमा जुम्लाको सांसद भए पनि तपाई सबैको साझा व्यक्ति हो । र तपाई सबैले यो राप्रपाको सांसद हो, मेरा दुःख सुखका कुरा यसले गरिदिँदैन की ? भनेर नसोच्नु सांसद सबैको साझा हुन्छ,’ उनले भने, ‘म सार्वजनिक व्यक्ति हो तपाईँलाई कुनै पनि अप्ठ्यारो गारो पर्‍यो भने मलाई भन्नुहोस् ।’

 हिजो सडकबाट आवाज उठाउँदै समाजसेवा गर्दै आएको उल्लेख गर्दै उनले अब संसदबाट पनि भ्रष्टाचारविरुद्ध आवाज उठाउने बताए ।  





  • प्रकाशित मिति : मंसिर १६, २०७९ शुक्रबार १६:५४:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया