नेकपा एमालेका नेता शेरधन राईले नेकपा एमाले र नेपाली कांग्रेस मिलेर सरकार बनाउन सक्ने पक्षबाट पनि अब सोच्नु पर्ने बताएका छन् ।
उनले निर्वाचनले लोकप्रिय पार्टी एमाले नै भएको प्रमाणित भएको पनि बताएका छन् । उनले देशलाई स्थायीत्व दिन सरकार बनाउन कांग्रेससँग नेकपा एमाले मिल्नु पर्ने बताएका हुन् ।
निर्वाचनले स्थायी राजनीतिक शक्तिहरुले मिलेर अगाडि बढ्नु पर्ने पाठ दिएको पनि बताएका छन् ।
सामाजिक सन्जाल फेसबुकमा लेख्दै राईले देशलाई राजनीतिक स्थायित्व, सुशासन विकास र समृद्विको अभियानलाई तीव्रता दिन बलियो र स्थिर सरकार बनाउन आवश्यक भएको बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।