बाजुरामा कांग्रेसका पाण्डेको अग्रता कायमै

बाजुरा प्रतिनिधि सभामा कांग्रेसका उम्मेदवारले अग्रता कायमै राखेका छन् ।  कांग्रेसका उम्मेदवार बद्रिप्रसाद पाण्डेको ६ हजार ५ सय ३५ रहेको छ भने उनका प्रतिस्पर्धी उम्मेदवार नेकपा एमालेका  कर्णबहादुर थापाको ४ हजार ४ सय २१ पाएका छन् ।

प्रतिनिधी सभामा हिमाली गाउँपालिकाको मतगणना सकिएको छ । यस्तै प्रदेश ‘ख’ मा नेपाली कांग्रेसले अग्रता लिएको छ ।  कांग्रेस उम्मेदवार पदमबहादुर शाहीको ३ हजार ९ सय ६४ मत रहेको भने  नेकपा एमालेका उम्मेदवार  लाल बहादुर थापाले ३ हजार ८ सय ७४ मत प्राप्त गरेका छन् । 

यस्तै प्रदेश ‘क’ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार अगाडि रहेका छन् । समाजवादीका उम्मेदवार नरेश कुमार शाही ले ४ हजार ४ सय ८१ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार बलदेब रेग्मीले  ३ हजार ७ सय ४९ मत पाएका छन भने नेकपा माओवादी केन्द्रका उम्मेदवार कर्ण बिकले ४ सय ५० मत पाएका छन् । 





  • प्रकाशित मिति : मंसिर १६, २०७९ शुक्रबार १९:२७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया