माओवादीसँग एकताका लागि एकता संयोजन समिति बनाउने निर्णय गरेको थियो एकीकृत समाजवादीले

नेकपा एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रसँग एकता गर्नका लागि पार्टी एकता संयोजन समिति गठन गर्न सकिने निर्णयसमेत गरेको थियो ।

नेकपा माओवादी केन्द्रसँग नेकपा एकीकृत समाजवादीको एकताको विषयमा पछिल्लो समय छलफल हुन थालेको समाचार आउन थालेपछि यो पार्टीका महासचिव वेदुराम भुसालले त्यस्ता समाचारबारे आपत्ति जनाएका थिए ।

तर, नेकपा एकीकृत समाजवादीको १ भदौमा बसेको केन्द्रीय कमिटी बैठकले नै नेकपा एकीकृत र नेकपा माओवादी केन्द्र एकताका लागि पार्टी एकता संयोजन समिति गठन गर्न सकिने निर्णय गरेको थियो ।

आफूहरुको लक्ष्य नेपाली कम्युनिस्ट आन्दोलनको एकता, पुनर्गठन र रुपान्तरण भएको भन्दै पार्टी एकता संयोजन समितिको निर्माणको विषयमा छलफल गरिएको केन्द्रीय कमिटीको निर्णयमा उल्लेख गरिएको छ ।

केही दिन यता नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको एकता गर्ने विषयमा नेताहरुबीच छलफल हुन थालेको समाचार आउन थालेपछि यसलाई नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले विज्ञप्ति निकालेर असत्य भएको दाबी गरेका थिए ।

तर, नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले नै भुसालको विज्ञप्तिको आलोचना गरेका छन् ।



अहिले कार्यकर्ताबाट विरोध भएकाले महासचिवले विज्ञप्ति निकालेको आरोप पनि न्यौपानेले लगाएका छन् । न्यौपानेले फेसबुकमा यसबारे लामो स्टाटस पनि लेखेका छन् । 

‘आज यत्रो कसरतपछि देशभरि कार्यकर्ताको बिरोध देखेर हतार हतार विज्ञप्ति गरेर छोप्न खोज्नु कति सर्मको कुरो हो,’ उनले लेखेका छन्, ‘खोले एक गल्ती, छोपे तिन गल्ती ।’



  • प्रकाशित मिति : मंसिर १६, २०७९ शुक्रबार १९:३९:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया