दक्षिण कोरियाविरुद्ध चौथो मिनेटमा नै पोर्चुगलको गोल

विश्वकप फुटबलमा अहिले भइरहेको खेलमा पोर्चुगलले दक्षिण कोरियाविरुद्ध एक गोलको अग्रता लिएको छ । 

यो गोल पोर्चुगलका लागि रिकार्डो होर्टाले प्रहार गरेका हुन् ।

खेलको ४ मिनेट ५२ सेकेन्डमा नै पोर्चुगलले गोल गरेको हो । दक्षिण कोरियाले विश्वकपमा यति छिटो गोल खाएको यो दोस्रो पटक हो । यसअघि टर्कीले दक्षिण कोरियालाई ११ सेकेन्डमा नै २००२ मा गोल हानेको थियो ।

पोर्चुगलका लागि यो गोल गरेका रिकार्डो होर्टा विश्वकपमा डेब्यु गरेका खेलाडी हुन् । उनी यो विश्वकपमा डेब्यु गरेको पोर्चुगलका तेस्रो खेलाडी हुन् जसले गोल आफ्नो नाममा रेकर्ड गरे ।






  • प्रकाशित मिति : मंसिर १६, २०७९ शुक्रबार २१:७:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया