ब्राजिलविरुद्धकाे जितका बाबजुद विश्वकपबाट बाहिरियो क्यामरुन

कतारमा जारी फिफा विश्वकपको समूह चरणको अन्तिम खेलमा क्यामरुनले ब्राजिललाई हराएको छ । गएराति सम्पन्न खेलमा क्यामरुनले ब्राजिलले १–० गोलले हराएको हो । 

ब्राजिलविरुद्ध क्यामरुनका भिसेन्ट अबाउबाकारले खेलको अन्त्यतिर गोल गरे । गोल गरेको अर्को मिनेटमा उनी रातो कार्ड खाँदै मैदान बाहिरिन बाध्य भए ।

समूहमा अन्तिम खेलमा पराजित भए पनि ब्राजिल समूह विजेता बनेर अन्तिम १६ मा पुग्यो । ब्राजिलले यसअघि दुई खेलमा जित निकालेर ६ अंक जोडेर अन्तिम १६ मा स्थान बनाएको थियो । ब्राजिललाई हराए पनि क्यामरुन नकआउट चरणमा पुग्न सकेन ।

त्यस्तै, समूह ‘जी’ कै सर्वियामाथि स्विट्जरल्याण्ड ३–२ गोलको विजयी भयो । अन्तिम खेलमा जित निकालेको स्विट्जरल्यानडले पनि ६ अंक नै जोड्यो । गोलअन्तरमा पछि परेको स्विट्जरल्यान्ड समूह उपविजेता बनेर अन्तिम १६ मा पुग्न सफल भयो ।

अन्तिम खेलमा जित निकालेको क्यामरुनले चार अंक जोड्यो ।   





  • प्रकाशित मिति : मंसिर १७, २०७९ शनिबार ७:२५:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया