प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बाजुरामा जारी मतगणनामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । त्यहाँ कांग्रेस उम्मेदवार बद्री पाण्डेले सुरुवादेखिकै अग्रता कायमै राखेका हुन् ।
पछिल्लो अपडेटअनुसार उनले ९ हजार ९५९ मत ल्याएका छन् । पाण्डेलाई पछ्याइरहेका नेकपा एमालेका कर्ण थापाले ७ हजार २१० मत प्राप्त गरेका छन् । उनी कांग्रेसका पाण्डेभन्दा २ हजार ७४९ मतले पछाडि छन् ।
त्यस्तै, दोलखामा जारी मतगणनामा नेकपा माओवादी केन्द्रका गङ्गाबहादुर कार्की अग्र स्थानमा कायमै छन् । उनी ७ हजार ९९५ मतसहित अग्रस्थानमा कायमै रहेका हुन् । कार्कीलाई पछ्याइरहेका एमालेका बालकृष्ण सिवाकोटीले ७ हजार २९५ मत ल्याएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।