धनुषामा सवारी दुर्घटना : पाँचको मृत्यु, ९ जना घाइते

धनुषामा सवारी दुर्घटनामा परी पाँचजनाको मृत्यु भएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् । 

शनिबार बिहान करिव ५ बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना.१ ज. ८३९६ नम्बरको विङ्गरलाई विपरीत दिशाबाट जाँदै गरेको ज.१ त. १४९६ नम्बरको पिकअप भ्यानले धनुषाको गणेशमान चारनाथ नगरपालिकास्थित वीरेन्द्रबजारमा विङ्गरलाई ठक्कर दिँदा दुर्घटना भएको हो । 

दुर्घटनामा परी धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ बस्ने २९ वर्षीया रूबी साह, धनौजी गाउँपालिका–४ बस्ने २५ वर्षीय विङ्गर चालक अब्दुल मन्सुरी, महोत्तरीको रामगोपालपुर नगरपालिका–७ बस्ने १७ वर्षीया मंजुकुमारी साह र उनकी १३ वर्षीय बहिनी सृजना साहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक रायले जानकारी दिए । 

दुर्घटनामा मृत्यु भएकामध्ये एकजनाको सनाखत हुन बाँकी रहेको उनले बताए । तीव्र गतिमा रहेको पिकअपले विङ्गरलाई ठक्कर दिँदा अन्य ९ जना घाइते भएका छन् । 

घाइते हुनेमा मुखियापट्टी मुसहरनिया गाउँपालिकाका चारजना, महोत्तरीको पिपरा गाउँपालिकाका तीनजना र लोहारपट्टी नगरपालिकाका दुईजना रहेका डिएसपी रायले बताए । उनीहरूको अहिले प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । 

पिकअपका चालक रौतहटको चन्द्रपुर नगरपालिका–१ बस्ने १८ वर्षीय सबिन बिकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : मंसिर १७, २०७९ शनिबार १०:४८:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया