प्रचण्ड प्रधानमन्त्री भए देशको कल्याण हुन्छ, ओली रहेसम्म एमालेसँग मिल्नुहुँदैन : मातृका यादव

नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले गठबन्धनकै कारण मधेसमा माओवादी कमजोर भएको दाबी गरेका छन् । शनिबार पार्टी कार्यालयमा पत्रकारहरुसँग कुराकानी गर्दै नेता यादवले मधेसमा गठबन्धन नफापेको बताए । 

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भए देशको कल्याण हुने बताउँदै उनले सत्ता गठबन्धनबाट हुने भएकाले अरू कसैको काँधमा चढ्नु नपर्ने बताए ।  

प्रचण्डमा प्रधानमन्त्री बन्ने क्षमता भएको उल्लेख गर्दै यादवले भने, ‘अहिले त्यो परिस्थिति बन्दै छ र गठबन्धनबाटै हुने भएकाले अरू कसैको काँधमा चढ्नु पर्दैन ।’

साथै यादवले केपी ओलीको नेतृत्व रहेसम्म एमालेसँग मिल्न जानु राम्रो नहुने बताए।

केपी ओलीको नेतृत्व रहेसम्म एमालेसँग जानु राम्रो नहुने उल्लेख गर्दै उनले भने, ‘जहाँसम्म एमालेले अफर गरेको कुरा छ, त्यो अवसरवादी अफर हो।’ 





  • प्रकाशित मिति : मंसिर १७, २०७९ शनिबार १६:१३:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया