बढ्यो भारतीय राजदूतको सक्रियता, एक सातामै प्रधानमन्त्री देउवालाई फेरि भेटे

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री शेरबहादुर देउवासँग पुनः भेटवार्ता गरेका छन् । मंसिर ४ मा भएको निर्वाचनपछि प्रधानमन्त्रीसँग राजदूत श्रीवास्तवको यो दोस्रो भेट हो । 

प्रधानमन्त्री देउवासँग भेट भएको एक सातामै फेरि उनीहरूबीच भेटवार्ता भएको हो । देउवालाई भेट्न श्रीवास्तव शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । 

यसअघि उनले मंसिर १० गते बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँगै एक्ला एक्लै भेटवार्ता गरेका थिए । 

यसअघि देउवालाई भेटेपछि राजदूत श्रीवास्तवले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेटेका थिए । 

चुनावी नतिजा नआउँदै भारतीय राजदूतको दौडधुप देखिएपछि उनको आलोचना भइरहेको छ । 





  • प्रकाशित मिति : मंसिर १७, २०७९ शनिबार १७:५१:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया