बाजुरा प्रदेश (क)का नेकपा एकीकृत समाजवादीका उम्मेदवार नरेश शाही विजयी भएका छन् । शाहीले १० हजार ९ सय ७३ मत ल्याएर विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बल्देव रेग्मीले ८ हजार ६ सय ३२ मत प्राप्त गरी पराजित भएका छन् । त्यसैगरी नेकपा माओवादी केन्द्रका उम्मेदवार कर्णबहादुर विकले १ हजार ९८ मत प्राप्त गरेका छन् ।
यस्तै, बाजुरा प्रदेश (ख)मा नेपाली कांग्रेसका उम्मेदवार पदमबहादुर शाही अगाडि रहेका छन् । प्रदेश ख मा २६ हजार २ सय ९९ मत गणना हुँदा शाहीले २ हजार २ सय ३३ मतको अग्रता कायम गरेका छन् ।
शाहीले १३ हजार ९ सय ४ र नेकपा एमालेका उम्मेदवार लालबहादुर थापाले ११ हजार ६ सय ७१ मत ल्याएका छन् ।
बाजुरा प्रतिनिधिमा पनि कांग्रेसका उम्मेदवार बद्री पाण्डेले सुरुवातदेखि नै अग्रता लिँदै आएका छन् । पाण्डे नेकपा एमाले उम्मेदवार कर्णबहादुर थापाभन्दा ४ हजार १ सय २१ मतले अगाघि छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।