अपांगमैत्री गीत ‘आऊ साथी’ सार्वजनिक, मह जोडीदेखि अस्मितासम्मको स्वर (भिडियो)
फरकधार / १७ मंसिर, २०७९

अपांगता भएका व्यक्तिहरुको ३१औं अन्र्तराष्ट्रिय दिवसको अवसर पारेर यही विषयवरिपरि रही निर्माण गरिएको ‘आऊ साथी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । 



‘समावेशी विकासका लागि रुपान्तरित समाधान, पहुँचयुक्त र समतामुलक विश्वका लागि ऊर्जावान् सिर्जनशीलताको प्रावधान’भन्ने मूल नारालाई आत्मसात् गर्दै चेतनामुलक गीत ‘आऊ साथी’ निर्माण गरिएको निर्माण कम्पनी साउण्ड मिलले जनाएको छ ।  

शक्ति बल्लभको संगीत रहेको गीतमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रामकृष्ण ढकाल, अन्जु पन्त, बुनु श्रेष्ठ, शिव परियार, पुष्पन प्रधान र अस्मिता अधिकारीले स्वर दिएका छन् । 



यस गीतले समस्त अपांगता भएका अर्थात् विशेष क्षमता भएका व्यक्तिहरूलाई समेट्ने प्रयास गरेको छ । 
विगत लामो समयदेखि सामाजिक रुपान्तरणका निमित्त गीत–संगीतको माध्यमबाट योगदान पुर्याउँदै आएको स्टुडियो साउण्ड मिल र समाजसेवी एवं गीतकार नरेश प्रधानको सहकार्यमा म्युजिक भिडियोको निर्माण भएको हो । 



नीरज श्रेष्ठको संगीत संयोजन रहेको यस गीतलाई महेश्वरमान राजभण्डारीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् । भिडियो विमललाल श्रेष्ठको परिकल्पनामा निर्माण भएको हो । 

भिडियोमा उषा रजक, रश्मी भट्ट, रक्षा थापा, सुन्दर धिताल, आइपी आचार्य, प्रकाश सुवेदी, प्रिन्स प्रसिद सिंह थापा, देव कुमार श्रेष्ठ, सविना थापा, विकास रिमाललगायत कलाकारको अभिनय छ । 

नारन खतिवडा र अनिरुद्ध आत्रेयको कथा समावेश गरिएको भिडियोलाई शरद महतोले छायांकन गरेका हुन् ।

  • प्रकाशित मिति : मंसिर १७, २०७९ शनिबार २१:७:२५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया