नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ स्याङ्जा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा विजयी भएका छन्। एमाले सचिव पद्मा अर्याललाई साढे पाँच हजारभन्दा बढी मतले हराउँदै गुरुङ विजयी भएका हुन् ।
अन्तिम परिणामअनुसार गुरूङ ३१ हजार ४ सय ६६ मतका साथ विजयी हुँदा अर्यालले २५ हजार ८ सय ३९ मत ल्याएकी छन्। उनीहरूबीचको मतान्तर ५ हजार ६ सय २७ छ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टीकराज गुरूङले ८ हजार १ सय १३ मत ल्याएका छन्।
यसअघि ०७४ को निर्वाचनमा यो क्षेत्रबाट कांग्रेसका गोपालमान श्रेष्ठलाई हराउँदै अर्याल विजयी भएकी थिइन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।