पत्रकार भट्टराईको निधनले स्तब्ध : मुख्यमन्त्री राउत
फरकधार / १७ मंसिर, २०७९

मधेस प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतले मिडिया काउन्सिल मधेस प्रदेशका अध्यक्ष शिवहरि भट्टराईको निधनले स्तब्ध बनाएको बताएका छन् । 



मुख्यमन्त्री राउतले आज शोक वक्तव्य जारी गर्दै अध्यक्ष भट्टराईको निधनले मधेस प्रदेशको पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् । दिवंगत अध्यक्ष भट्टराईप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै मुख्यमन्त्री राउतले शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

यसैगरी, मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले पनि आज शोक वक्तव्य जारी गर्दै अध्यक्ष भट्टराईको निधनप्रति दुःख व्यक्त गरेका छन्  । 



नेपाल पत्रकार महासंघ सर्लाही शाखाको ११औँ वार्षिक साधारणसभामा सहभागी हुन सर्लाहीको लालबन्दी नगरपालिका–१३ पत्थरकोटस्थित होलिडे रिसोर्ट पुगेका अध्यक्ष भट्टराई आज बिहान मृत फेला परेका थिए । ६७ वर्षीय भट्टराई शुक्रबार बेलुका उक्त रिसोर्टमा बसेका थिए ।



सप्तरी सदरमुकाम राजविराज निवासी भट्टराई मधेस प्रदेश मिडिया काउन्सिलको अध्यक्ष भएपछि जनकपुरधाममा बस्दै आएका थिए । शुक्रबार राति खाना खाएर सुतेका भट्टराई बिहान अबेरसम्म नउठेपछि बोलाउन जाँदा ढोका नखुलेको र झ्यालबाट हेर्दा मृतावस्थामा भेटिएका थिए ।

भट्टराईको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको प्रहरीले जनाएको छ ।

  • प्रकाशित मिति : मंसिर १७, २०७९ शनिबार २२:८:५६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया