कतार विश्वकपमा क्वार्टरफाइनलमा पुग्ने पहिलो टिम बन्यो नेदरल्याण्ड्स

कतार विश्वकपमा क्वार्टरफाइनलमा पुग्ने पहिलो टिम नेदरल्याण्ड्स बनेको छ । आज भएको खेलमा अमेरिकालाई ३–१ ले हराउँदै नेदरल्याण्ड्स क्वाटरफाइनलमा पुगेको हो ।

नेदरल्याण्ड्सका लागि दुवै गोल पहिलो हाफमा भएका हुन् । 

खेलमा अमेरिकाले पाएका केही सुन्दर मौकाहरु गुमाएको थियो । अमेरिकाका लागि राइटले ७६ औँ मिनेटमा एक गाेल गरे ।

नेदरल्याण्ड्सका लागि पहिलो गोल १० औं मिनेटमा डिपेले गरेका हुन् । त्यस्तै, दोस्रो गोल ब्लाइन्डले ४६ औं मिनेटमा गरेका हुन् । 

यी दुवै गोलका लागि डमफ्राइजले एसिस्ट गरेका थिए । डमफ्राइजले खेलकाे ८१ औँ मिनेटमा नेदरल्याण्ड्सका लागि थप एक गाेल थपे ।

कतार विश्वकपमा अन्तिम १६ को खेल आजबाट सुरु भएको हो । अब केही बेरमा अर्जेन्टिना र अष्ट्रेलियाबीच खेल हुँदैछ ।
 





  • प्रकाशित मिति : मंसिर १७, २०७९ शनिबार २२:३७:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया