सिके राउतको नेपाल जनमत पार्टीले नेपाली कांग्रेस नेतृत्वलाई साथ दिने भएको छ ।
अब बन्ने सरकारमा सिके राउत नेतृत्वको नेपाल जनमत पार्टी पनि सहभागी हुनसक्ने अनुमान बाहिर आएका छन् । राउतले बिहीबार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर आफूले साथ दिने बताएको नेपाली कांग्रेसका एक नेताले फरकधारलाई बताए ।
राउत नेतृत्वको पार्टीले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ एक सिट जितेको छ ।
यो पार्टीले समानुपातिकमा पनि थ्रेसहोल्ड कटाइसकेको छ । यसबाट कम्तिमा अब ४ जना सांसद समानुपातिक प्रणालीबाट आउने छन् ।
राउतले बिहीबार नै देउवालाई सत्ता गठबन्धनमा बस्न आफू तयार भएको जवाफ दिएका हुन् । उनले त्यही दिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेटेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।