रुसी कच्चा तेलको मूल्य घटाउने ईयूको निर्णय

कच्चा तेलको बिक्रीबाट रुसलाई हुने आम्दानी घटाउने र विश्वव्यापी रूपमा भएको मूल्यवृद्धि रोक्न ईयूले सम्झौता गरेको जनाएको हो ।

युरोपेली सङ्घ (ईयू) ले रुसी तेलको मूल्य प्रतिब्यारेल ६० डलरमा सीमित गर्ने सम्झौता गरेको हो । रुसमाथिको प्रतिबन्धलाई कायमै राख्न सो मूल्य निर्धारण गरिएको ईयूले बताएको छ । 

करिब १ वर्षदेखि रुसले युक्रेनमा जारी राखेको आक्रमणको विपक्षमा रहेको इयूले पटक–पटक आग्रह गर्दा पनि रुसपछि नहटेपछि कच्चा तेलको मूल्य घटाएर उसलाई दबाब दिएको ईयू सदस्य राष्ट्रले जनाएका छन् ।

ईयूको निर्णयलाई सबै सदस्य राष्ट्रहरूले अनुमोदन गरेपछि मात्र लागू हुनेछ । यो सम्झौताले पश्चिमी प्रतिबन्धका लागि महत्वपूर्ण कदम मानिने छ । 





  • प्रकाशित मिति : मंसिर १८, २०७९ आइतबार ६:३५:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया