जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले चुनावसँगै एमालेसँगको सहकार्यको कोर्स सकिएको बताएका छन् ।
आइतबार दिउँसो विराटनगर विमानस्थलमा संवाददातासँग कुरा गर्दै यादवले चुनावसँगै नेकपा (एमाले)सँग आफ्नो दलको सहकार्य सकिएको बताएका हुन्।
अब बन्ने सरकारको नीति हेरेर आफ्नो पार्टीले समर्थन वा विपक्षमा बस्ने निर्णय गर्ने यादवले बताए। उनले भने, ‘हामीले चुनावमा एमालेसँग केही क्षेत्रमा तालमेल गरेका थियौं। चुनावसँगै एमालेसँगको सहकार्यको कोर्स सकिएको छ ।’
प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका यादव सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका थिए।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।