नगराइन नगरपालिकाका कर्मचारी आन्दोलित, कामकाज ठप्प

धनुषाको नगराइन नगरपालिकाका कर्मचारीले आइतबारदेखि कार्यालयमा तालाबन्दी गरी कामकाज ठप्प गरेका छन् । 

कर्मचारीले विगत लामो समयदेखि तलब भत्ता नपाएकोले बाध्य भएर नगर कार्यपालिकाको कार्यालयमा ताला लगाएकाे बताएका छन् । 
आफूहरूको बाँकी रहेको तलब यथाशीघ्र उपलब्ध गराउन माग गर्दै कर्मचारी तालाबन्दी गरेर धर्नामा बसेका हुन् ।
 
कर्मचारीहरूको आन्दोलनप्रति लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ऐक्यबद्धता जनाएको छ ।
 
लोसपा नेता राजु चौधरीले भने, ‘जनताहरू पहिलेदेखि नै समस्यामा छन् । वृद्धभत्ता नपाएको थुप्रै महिना भयो, किसानहरूले मलखाद नपाएको पनि थुप्रै महिना बित्यो, कित्ताकाट रोक्का गरिएकोले धेरै जनाले समस्या भोगिरहेका छन् । सेवाग्राही सेवाबाट वञ्चित भएका छन् । त्यसको निकासका लागि लोसपा नेपालले विभिन्न चरणमा दबाबमूलक कार्यक्रम गर्दै आइरहेकोले यस आन्दोलनलाई नैतिक समर्थन गर्नु हाम्रो कर्तव्य पनि हो ।’
 
उनले जनतालाई थप पीडा र समस्या नहोस् भन्ने कुरालाई पनि ख्याल राखिदिन आन्दोलनरत कर्मचारीसँग आग्रह गरेका छन् ।





  • प्रकाशित मिति : मंसिर १८, २०७९ आइतबार १७:४६:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया