दार्चुलास्थित नेपाल–भारत सीमामा भारतीयकाे ढुंगा प्रहारबाट ४ नेपाली घाइते, नेपाली नागरिकले गरे आवतजावत बन्द

दार्चुलास्थित नेपाल–भारत सीमामा भारतीय नागरिकले नेपाली नागरिकमाथि ढुंगा प्रहार गर्दा तनाव सिर्जना भएको छ।

भारतीयकाे ढुंगा प्रहारबाट ४ जना नेपाली घाइते भएकाे जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएकाे छ। त्यसको विरोधमा नेपाल–भारत जोड्ने महाकाली नदीमाथिको पुलमा आवतजावत बन्द गरिएको छ।

भारतले महाकाली नदीको धार परिवर्तन हुने गरी निर्माण गरिरहेको तटबन्धको विरोध गरिरहेका नेपाली नागरिकमाथि दार्चुला पारि भारतको धार्चुलाबाट ढुंगा प्रहार भएको हो। दुवैतर्फबाट ढुंगा हानाहान भएको बताइएको छ।

प्रहरीका अनुसार नेपाली नागरिकहरुले अहिले तटबन्धको विरोधमा नेपाल–भारत जोड्ने पुलमा आवतजावत बन्द गरेका छन्। 

आइतबार साँझ करीब ४ बजेतिर घटना भएको र केही व्यक्ति घाइते भएको सूचनापछि टोली त्यता पठाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।

महाकाली नदी माथिको पुलले वारि दार्चुला र पारि भारतको धार्चुला जोड्छ। भारतले पछिल्लो समय धमाधम तटबन्ध निर्माण गरिरहेको छ। नदीको सतह नै परिवर्तन हुने गरी निर्माण भइरहेको तटबन्धले सदरमुकाम खलंगा जोखिममा पर्नसक्ने भन्दै स्थानीय आन्दोलित बनेका छन्।





  • प्रकाशित मिति : मंसिर १८, २०७९ आइतबार १८:४९:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया