लुम्बिनी प्रदेशकाे राजधानी बुटवलबाट दाङ नसार्न कांग्रेस र एमाले एकमत

लुम्बिनी प्रदेशकाे राजधानी बुटवलबाट दाङ नसार्न नेपाली कांग्रेस र नेकपा एमाले एकमत भएका छन् । दुवै पार्टीका रुपन्देही जिल्ला समितले आइतबार छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै दाङमा कुनै संरचना निर्माण नभएका कारण हतारमा राजधानी नसार्न आग्रह गरेका छन् । 

नयाँ सरकार नबन्दै वर्तमान कामचलाउ सरकारले यो काम गर्न नमिल्ने उनीहरूकाे तर्क छ । पूर्वाधार निर्माणका काम सम्पन्न नहुँदै प्रदेश सरकारले अस्थायी मुकाम बुटवलबाट राजधानी दाङ सार्न लागिएकोप्रति ध्यानाकर्षण भएको उनीहरूले बताएका छन् । 

एमाले जिल्ला कमिटी रुपन्देहीले अस्थायी मुकाम बुटवलमा सुविधासम्पन्न कार्यालय, संसद् भवन र कर्मचारीको आवास व्यवस्थित रहेकाे तर दाङमा कुनै संरचना नै नभएकाले जबरजस्ती राजधानी लैजान खोज्नु गलत कदम भएको जनाएकाे छ ।

त्यसैगरी नेपाली कांग्रेसले पनि राजधानी लैजाने जिम्मा संरचना निर्माण भएपछि नयाँ बन्ने सरकारलाई दिनुपर्ने माग गरेको छ । 

यसअघि लुम्बिनी प्रदेश सरकारले बुटवलबाट सबै मन्त्रालय दाङ सार्ने प्रयास गरेपछि कर्मचारी विरोधमा उत्रिएका थिए । कर्मचारीले सामूहिक रूपमा लुम्बिनी प्रदेशका मुख्य सचिवमार्फत मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए ।





  • प्रकाशित मिति : मंसिर १८, २०७९ आइतबार १९:४:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया