प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत दोलखा प्रदेश १ मा नेपाली कांग्रेसका कुन्दनराज काफ्ले विजयी भएका छन् ।
काफ्ले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नरबहादुर श्रेष्ठलाई ८ हजार ४२ मतान्तरसहित काफ्ले विजयी बनेका हुन् ।
काफ्लेले २२ हजार ७९७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी श्रेष्ठले १४ हजार ७५५ मत पाए।
दोलखाको प्रदेशसभा २ मा एमालेका भरतबहादुर केसी विजयी भइसकेका छन् ।
प्रतिनिधिसभातर्फ माओवादी केन्द्रका गंगा कार्की अगाडि देखिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।