निर्वाचन सम्पन्न गर्न भूमिका निर्वाह गर्ने सबैलाई उपराष्ट्रपतिले दिए धन्यवाद

उपराष्ट्रपति नन्दबहादुर पुनले निर्वाचनमा सहभागी भएर मताधिकार प्रयोग गरेको भन्दै मतदातालाई बधाई र नवनिर्वाचित जनप्रतिनिधिलाई शुभकामना दिएका छन् । 

इलामको माङ्सेबुङ गाउँपालिकास्थित लारुम्बामा किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ६९औँ जन्मोत्सवको उद्घाटन गर्दै उनले निर्वाचन सम्पन्न गर्न भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद दिए । 

उनले भने, ‘निर्वाचन सम्पन्न गर्न भूमिका निर्वाह गर्ने निर्वाचन आयोग, सरकार, सुरक्षा निकाय, कर्मचारी र पर्यवेक्षकलाई पनि धन्यवाद दिन चाहन्छु ।’

उनले मुन्धुम र किरात धर्म–संस्कृतिले सदियौँदेखि मानव सभ्यता चिनाउँदै आएको बताए। किरातको अलिखित धर्मशास्त्र मुन्धुम किरात धर्मावलम्बीको मात्र नभई सिंगो नेपालीको उत्कृष्ट सम्पदा भएकाले यसमा गौरव गर्न नेपालीमा आग्रह गरे ।





  • प्रकाशित मिति : मंसिर १८, २०७९ आइतबार २१:४५:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया