प्रतिनिधिसभा निर्वाचनअन्तर्गत दोलाखामा जारी मतगणनामा गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका गंगा कार्कीले अग्रता कायमै राखेका छन् ।
पछिल्लो मतपरिणामअनुसार कार्कीले ३३ हजार ७०७ मत पाएका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका बालकृष्ण शिवाकोटीले ३३ हजार ५९३ मत पाएका छन् । उनीहरूबीचको मतान्तर ११४ रहेको छ ।
अब जिल्लाको विगु गाउँपालिका–१ (लामावगर), २ (ओराङ), शैलुङ गाउँपालिका–१ (दूधपोखरी), २ (भुषाफेदा), मेलुङ गाउँपालिका–१ (पवटी) को मत गणना हुन बाँकी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।