कांग्रेस उपसभापति खड्का र जनमत पार्टीका अध्यक्ष राउतबीच भेटवार्ता

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भेटवार्ता भएको छ । खड्कालाई भेट्न राउत उनकै निवास गल्फुटार पुगेका हुन् ।

भेटमा उनीहरूले बधाई तथा शुभकामना साटासाट गरे । हालैको प्रतिनिधि सभा निर्वाचनमा खड्का सुर्खेत–१ र राउत सप्तरी–२ बाट निर्वाचित भएका थिए ।

भेटमा हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समीक्षा तथा नयाँ सरकार निर्माण र सत्ता गठबन्धनमा सहकार्य गर्ने विषयमा छलफल भएको खड्काको सचिवालयले जनाएको छ ।  





  • प्रकाशित मिति : मंसिर १९, २०७९ साेमबार १२:४२:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया