नयाँ सांसदका लागि यसरी तयार गरिँदैछ प्रदेश सभा भवन [तस्बिरहरू]

निर्वाचन सकिएलगत्तै बागमतीमा दोस्रो कार्यकालको लागि तयारी सुरु भएको छ । सांसदहरू सरकार निर्माणको गृहकार्यमा जुटिरहँदा प्रदेशसभा भवन व्यवस्थित बनाउने काम पनि जारी छ । अहिले प्रदेशसभा सदस्यका लागि कुर्सीको व्यवस्थापनदेखि सभामुख, उपसभामुखको कार्यकक्ष र नयाँ क्यान्टिनको व्यवस्थापन कार्य  जारी छ ।  

यसपटक पनि बागमती प्रदेशसभा शिक्षा निर्देशनालयको पुरानै भवनबाट सञ्चालन हुनेछ । तत्कालीन निर्देशनालयको भवन छेउमै प्रदेशसभाको हल निर्माण भइरहे पनि यो कार्यकालको सुरुवात नयाँ भवनबाट नहुने भएको छ ।

बागमती प्रदेशसभाबाट पाँच वर्षको अवधिमा तीन सरकार बने पनि भवन भने निर्माण गर्न सकेन । जसकारण अघिल्लो कार्यकालमा प्रयोग गरिएको भवनलाई नै निरन्तरता दिने तयारी भइरहेको हो ।

नयाँ सांसदका लागि यसरी तयार गरिँदैछ प्रदेश सभा भवन, हेर्नुस् तस्बिर :




 



  • प्रकाशित मिति : मंसिर १९, २०७९ साेमबार १३:२५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया