मेलिना राई र सुरेन बिसीको स्वरमा नयाँ गीत 'तिमी र म' सार्वजनिक भएको छ। स्याड भर्सनको सार्वजनिक गीतमा शब्द तथा संगीत समेत गायक बिसीको सुन्न सकिन्छ।
गीतलाई एरेन्ज सनिर खातीले र मिक्सिङ कृष्णकुमार महर्जनले गरेका हुन्। गीतको म्युजिक भिडियोमा उषा उप्रेती र सुजन खतिवडा देखिएका छन्।
युवराज वाइबाले निर्दशन गरेको म्युजिक भिडियोमा भारत रेग्मीको सम्पादन/कलर, निसल पौडेलको छायांकन,कबिन खड्काको मेकअप समावेश छ।
गायक सुरेन बिसीको अफिसियल च्यानलबाट सार्वजनिक भएको गीतलाई दर्शक-श्राेताले रुचाउनेमा आफ' विश्वस्त रहेको गायक बिसी बताउँछन्।
गीतलाई सुशील चौगाईं र सञ्जय शर्माले निर्माण गरेका हुन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।