सेयर बजारमा २४ अंककाे गिरावट

साेमबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन झिनो अंकले बढेको नेप्से सूचक साताको दोस्रो दिन  २४.४६ अंकले घटेर इन्डेक्स १९३८.७६ विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा सूचीकृत २४० कम्पनीको ४१ लाख २७ हजार २८६ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ६७ करोड ४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

सेयरबजार घटे पनि सयपत्री हाइड्रोपावर, एनआइसी एशिया एशिया सेलेक्ट फण्ड–३०, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१, नारायणी डेपलपमेन्ट बैंक र कुमारी बैंकको ऋणपत्रको सेयरमूल्य तथा इकाइ मूल्य बढेको छ ।

त्यस्तै, आज सेयर बजार घटेसँग अजोड इन्स्योरेन्सको ७.३७ प्रतिशतले सेयर मूल्य घटेको छ । सिटिजन म्युच्युअल फण्ड, ओरिन्टेल होटल्स, युनाइटेड इन्स्योरेन्स लगायतका कम्पनीको सेयर मूल्य घटेको छ ।





  • प्रकाशित मिति : मंसिर १९, २०७९ साेमबार १६:३०:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया