बैतडीमा युवती हत्या प्रकरण : ‘प्रेममा धोका, त्यसपछि हत्या’

मंसिर १८ गते महेन्द्रनगरबाट पक्राउ परेका २२ वर्षीय भरतराम कोलीले ‘प्रेममा धोका पाएपछि हत्या गरेको’ प्रहरी समक्ष बयान दिएका छन् । 

बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडा घर भएकी माया लुहार मंसिर १४ मा मृत फेला परेकी थिइन् । शिवनाथ गाउँपालिका–६ की माया लुहार घाँटी रेटेर हत्या गरेको अवस्थामा भेटिएकी हुन् । मायाको हत्या गरेको आरोपमा सशस्त्र प्रहरीका जवान भरतराम कोलीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा म्यादी प्रहरीको बर्दीमा चुनावको सुरक्षामा खटिएकी २१ वर्षीया माया र भरतराम प्रेममा थिए । प्रेमीकाको मोबाइल चेक गर्दा अन्यसँग कुरा हुने गरेको थाहा पाएपछि भरतरामले हत्या गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ । 

बैतडीको शिवनाथ गाउँपालिका–४ का घर भएका भरतराम प्रेमिकाको हत्यापछि भागेर महेन्द्रनगर पुगेका थिए । कोलीमाथि कर्तव्य ज्यान मुद्दा दर्ता भइसकेको छ । मायाका परिवारले किटानी जाहेरी दिएकै दिन उनीमाथि कर्तव्य ज्यान मुद्दा दर्ता भएको हो ।

अदालतबाट १० दिन म्याद थपेर घटनाको थप अनुसन्धान सुरु गरिएको  जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी प्रेम शाहीले  जानकारी दिए ।





  • प्रकाशित मिति : मंसिर १९, २०७९ साेमबार १७:१८:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया