कतारमा जारी विश्वकप फुटबलमा ब्राजिल क्वार्टरफाइनलमा पुगेको छ । आज राति भएको खेलमा एशियाली टिम दक्षिण कोरियालाई ४–१ गोलले पराजित गर्दै ब्राजिलले क्वार्टरफाइनलको यात्रा तय गरेको हो ।
अब उसले क्वार्टरफाइनलमा क्रोएसियासँग सामना गर्नेछ । आजै राति भएको खेलमा क्रोएसियाले अर्को एशियाली टिम जापानलाई पेनाल्टी सुटआउटमा हराएको थियो ।
ब्राजिलका लागि आज पहिलो गोल खेलको सातौं मिनेटमा भिनिसियस जुनियसले गरेका थिए ।
१३ औं मिनेटमा ब्राजिलले पाएको पेनाल्टीलाई गोलमा परिणत गरे । रिचार्लिसनमाथि फउल भएपछि ब्राजिलले पेनाल्टीको अवसर पाएको थियो। खेलको २९ औं मिनेटमा रिचार्लिसनले गोल थपे। त्यस्तै लुकास पक्वेटाले ३६ औं मिनेटमा भिनिसियसको पासमा गोल थप्दा आक्रामक खेल खेलेको ब्राजिल पहिलो हाफमै चार गोल गरेको थियो ।
कोरियाका लागि खेलमा ७६ औँ मिनेटमा पाइक होलेले गोल गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।