स्विट्जल्याण्डलाई हराउँदै विश्वकप क्वाटरफाइनलमा पुग्ने लक्ष्यमा पोर्चुगल

कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकप फुटबलको नकआउट चरण खेलमा आज पोर्चुगलले स्विट्जरल्याण्डविरुद्ध खेल्दैछ । यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति १२ः४५ मा लुसेल स्टेडियममा सुरु हुनेछ ।

पोर्चुगल समूह ‘एच’ विजेता र स्विट्जरल्याण्ड समूह ‘जी’ विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेका थिए । समूह चरणको अन्तिम खेलमा दक्षिण कोरियासँग पराजित भएको पोर्चुगल लयमा फर्कन चाहन्छ । 

उसको लक्ष्य स्विट्जरल्याण्डविरुद्ध जित निकालेर क्वाटरफाइनल पुग्ने हुनेछ । समूह चरणको अन्तिम खेलमा सर्बियालाई पराजित गरेको स्विटजरल्याण्ड पोर्चुगलविरुद्ध सोही लयलाई निरन्तरता दिँदै क्वाटरफाइनलको यात्रा तय गर्ने सोचमा छ । 

पोर्चुगल र स्विट्जल्याण्डले हालसम्म २५ खेलमा एकअर्काको सामना गरेका छन् । जसमा पोर्चुगलले ९ तथा स्विट्जरल्याण्डले ११ जित हात पारेका छन् । यी दुई टोलीबीच ६ खेल भने बराबरीमा सकिएका छन् । विश्वकपमा भने स्विट्जरल्याण्ड र पोर्चुगल सन् १९३८ पछि खेल्दै छन् । सो विश्वकप खेलमा पोर्चुगलविरुद्ध स्विट्जल्याण्डले २–१ विजयी भएको थियो ।

त्यस्तै, युईएफए नेसन्स लिगअन्तर्गत यही वर्ष भएको पछिल्लो भेटमा पनि स्विट्जरल्याण्ड १–० ले विजयी भयो । पोर्चुगल आज स्विट्जरल्याण्डविरुद्धको पछिल्लो नतिजालाई बिर्सदै क्वाटरफाइनलको यात्रा गर्ने पूरा कोसिस गर्ने छ । स्विट्जरल्याण्ड पोर्चुगलविरुद्धको विजयी यात्रालाई निरन्तरता दिन चाहन्छ ।  





  • प्रकाशित मिति : मंसिर २०, २०७९ मंगलबार ७:५:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया