अपराजित मोरक्कोलाई हराउँदै स्पेनको नजर विश्वकप क्वाटरफाइनलमा

कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणअन्तर्गत मंगलबार स्पेनले मोरक्कोको सामना गर्दैछ । यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति ८ः४५ बाट एजुकेशन सिटी स्टेडियममा सुरु हुनेछ । 

स्पेन समूह ‘इ’ को उपविजेता तथा मोरक्को समूह ‘एफ’ को विजेताका रूपमा अन्तिम १६ प्रवेश गरेका हुन् । स्पेन समूह चरणको अन्तिम खेलमा एसियन टिम जापानसँग पराजित भएको थियो ।

ऊ त्यो नतिजाललाई बिर्सिँदै मोरक्कोविरुद्ध जित निकालेर क्वाटरफाइनल पुग्ने लक्ष्यमा छ । समूह चरणमा अपराजित रहेको मोरक्को पनि स्पेनविरुद्ध सोही लयलाई निरन्तरता दिँदै क्वाटरफाइनलमा पुग्ने सोचमा छ ।

स्पेन र मोरक्कोले हालसम्म तीन खेलमा एकअर्काको सामना गरेका छन् । जसमा स्पेनले दुईमा जित हात पार्दा एक खेल बराबरीमा सकिएको छ । सन् १९६१ मा भएको विश्वकप छनोटको प्लेअफअन्तर्गत भएका दुवै खेलमा स्पेनले जित निकाल्यो । उसले पहिलो खेलमा १–० र दोस्रो खेलमा ३–२ को जित हात पारेको थियो । 

सन् २०१८ को विश्वकपमा भएको पछिल्लो भेटमा दुवै टोलीले २–२ को बराबरी खेलेका थिए । आजै हुने दोस्रो खेलमा स्विटजरल्याण्ड र पोर्चुगलले प्रतिस्पर्धा गर्नेछन् । यी दुई टोलीबीचको खेल राति १२ः४५ देखि सुरु हुनेछ । 





  • प्रकाशित मिति : मंसिर २०, २०७९ मंगलबार ७:३३:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया