‘गोल्डेन बुट’ दौडमा एमबाप्पेलाई पछ्याउँदै मेस्सी र रिचार्लिसन

ब्राजिलका फरवार्ड रिचार्लिसन कतारमा जारी फिफा विश्वकप फुटबलमा ‘गोल्डेन बुट’ दौडमा दोस्रो स्थानमा उक्लिएका छन् । 

गएराति सम्पन्न नकआउट चरणको खेलमा दक्षिण कोरियाविरुद्ध एक गोल गरेसँगै उनी संयुक्तरूपमा दोस्रो स्थानमा उक्लिएका हुन् । उनले चार खेलमा तीन गोल गरेका छन् । 

उनले समूह चरणमा सर्बियाविरुद्ध दुई गोल गरेका थिए । उच्च गोलकर्ताको शीर्ष स्थानमा भने फ्रान्सका केलियन एम्बाप्पे छन् । उनले पाँच गोल गर्नुका साथै दुई असिस्ट गरेका छन् । 

जारी विश्वकपमा उनलाई पछ्याइरहेका रिचार्लिसनसहित लिओनल मेस्सी, अल्भारो मोराटा, मार्कुस रासफोर्ड, कोडी गाक्पो र बुकाया साका छन् ।

उनीहरूले तीन/तीन गोल गरेका छन् । जसमध्ये मेसी र मोराटाले एकरएक असिस्ट पनि गरेका छन् । तिनै गोल गरेका इनर भ्यालेन्सिया भने प्रतियोगिताबाट बाहिरिसकेका छन् । 

सन् २००६ र २०१० को विश्वकपमा ५ गोल गर्ने खेलाडीले गोल्डेन बुट हात पारेका थिए । सन् २०१४ र २०१८ मा ६ गोल गर्ने खेलाडीले गोल्डेन बुट अवार्ड जिते ।  





  • प्रकाशित मिति : मंसिर २०, २०७९ मंगलबार १०:४९:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया