सुदूरपश्चिमको मुख्यमन्त्रीको जिम्मेवारी मैले पाउने सहमति भइसक्यो : खगराज भट्ट

नेकपा माओवादी केन्द्रका नेता तथा नवनिर्वाचित प्रदेशसभा सदस्य खगराज भट्टले सुदूरपश्चिमको मुख्यमन्त्रीबाट पछि नहट्ने बताएका छन् । उनले आफूले मुख्यमन्त्री पाउने अनौपचारिक सहमति भइसकेको पनि दाबी गरे । 

सुदूरपश्चिमको मुख्यमन्त्री बन्ने विषयमा पार्टी अध्यक्ष र कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि अनौपचारिक समझदारी भएको उनको भनाइ छ । 

माओवादीका सुदूरपश्चिम प्रदेश इन्चार्जसमेत रहेका भट्टले मुख्यमन्त्री बनाउने समझदारीअनुसार आफूले प्रदेशमा चुनाव लडेको बताए । शीर्ष नेताहरूले आफूसँगको समझदारी कार्यान्वयन गर्नेमा उनको विश्वास छ । 

‘गठबन्धनमा अनौपचारिक सहमतिअनुसार नै म प्रदेशसभामा लडेको हुँ । त्यो कुराको आंशिक खुलासा प्रधानमन्त्रीज्यूबाट नै आइसकेको छ,’ डडेल्धुरामा सञ्चारकर्मीसँगको कुराकानीमा भट्टले भने ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पनि चुनाव प्रचारप्रसारका क्रममा भट्ट सुदूरपश्चिमको मुख्यमन्त्री बन्ने घोषणा गरेका थिए ।  





  • प्रकाशित मिति : मंसिर २०, २०७९ मंगलबार १०:५८:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया