आयोजना प्रभावितका लागि सुपरमादीको आइपिओ खुला

सुपर मादी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दालाई प्राथमिक सेयर (आइपिओ) जारी गरेको छ । कम्पनीले मंगलबारबाट ५ पुससम्म आवेदन दिन सकिने जनाएको छ । 

कम्पनीको जारी पुँजी २ अर्ब १० करोड रुपैयाँ छ । यसको १५ प्रतिशत अर्थात् ३१ करोड ५० लाख रुपैयाँ आयोजना प्रभावितका लागि छुट्याइएको छ । 

कास्कीको विभिन्न गाउँपालिका तथा नगरका बासिन्दाले सेयर पाउने छन् । यसबाहेक कम्पनीले सर्वसाधारणका लागि २१ लाख कित्ता सेयर जारी गर्ने छ । यसको १० प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा गएकाहरूलाई छुट्याइएको छ ।

कम्पनीको सेयरमा कम्तीमा १० र अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन पाइने छ । कम्पनीले ८ अर्ब ३५ करोड अनुमानित लागतमा परियोजना विकास गरिरहेको छ। यसको प्रति मेगावाट लागत १८ करोड ९७ लाख रुपैयाँ छ । 





  • प्रकाशित मिति : मंसिर २०, २०७९ मंगलबार ११:५३:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया