बागमती प्रदेशसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ । यहाँ कांग्रेसका २५ जना उम्मेदवार निर्वाचित भएका हुन् ।
बागमतीमा माओवादी केन्द्र दोस्रो तथा नेकपा एमाले तेस्रो पार्टी बनेका छन् । माओवादीले प्रदेशसभाका १४ सिट जितेको छ । एमालेले १३, राप्रपाले ७, नेकपा एकीकृत समाजवादीले पाँच, नेपाल मजदुर किसान पार्टीले एक र हाम्रो नेपाली पार्टीले एक सिट जितेका छन् ।
बागमती प्रदेशसभामा प्रत्यक्षतर्फबाट ६६ जना सांसद निर्वाचित भएका छन् । बाँकी ४४ सांसद समानुपातिकबाट छानिने छन् । प्रदेश सभा सञ्चालनमा कुल ११० जना सांसद रहने छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।