इन्गेजमेन्ट टुटेपछि युवतीले गरिन् आत्मदाह, पक्राउ परे युवक

धूमबाराहीमा आफ्नो इन्गेजमेन्ट भइसकेका युवाले अन्तिममा विवाह गर्न नमान्दा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु भएको छ । उनको अस्पतालमा मृत्यु भएको हो ।

यो घटनामा प्रहरीले उनीसँग इन्गेजमेन्ट गरेका युवालाई पक्राउ गरेको छ । 

दरबारमार्गमा रहेको केल्मी ब्राण्डको सोरुम चलाउने २७ वर्षकी पुष्पा न्यौपानेसँग २९ वर्षका सुधन संग्रौलाको इन्गेजमेन्ट भएको थियो । प्रहरीले यो घटनामा यसअघि चार जनालाई पक्राउ गरेको थियो । अदालतले सुधनलाई मात्र हिरासतमा राख्न अनुमति दिएको छ । यसअघि सुधनका आमाबुबा दिनेश संग्रौला र बिन्दु संग्रौला पनि पक्राउ परेका थिए । तर, उनीहरु छुटेका छन् ।

प्रहरीले पुष्पाको परिवारबाट जाहेरी आएपछि उनीहरुलाई पक्राउ गरेको थियो ।

सुधन र पुष्पाबीच १८ भदौमा विवाह गर्नका लागि इन्गेजमेन्ट भएको थियो । एक वर्षभित्र उनीहरुको विवाह गर्ने सहमति भएको थियो ।

तर, शनिबार केटा पक्षले घरमा नै पुगेर सुपारी र दक्षिणा फिर्ता गर्दै इन्गेजमेन्ट तोडिएको घोषणा गरेको थियो । यसबाट पुष्पा विक्षिप्त बनेकी थिइन् ।



आइतबार मात्रै उनले सुधनको घरअगाडि गएर शरीरमा पेट्रोल छर्किएर आगो लगाएकी थिइन् । आगोले जलेकी पुष्पालाई प्रहरीले उद्धार गरेर कीर्तिपुरको वर्न अस्पतालमा पुर्याएको थियो । त्यहाँ उनको सोमबार मृत्यु भयो ।

पुष्पाले शरीरमा आगो लगाएको देखे पनि उनलाई उद्धार नगरेको भन्दै उनको परिवारले सुधनको परिवाविरुद्ध किटानी जाहेरी दिएको हो । आत्महत्या दुरुत्साहन कसुरमा किटानी जाहेरी दिएपछि प्रहरीले यस विषयमा अनुसन्धान सुरु गरेको छ ।



  • प्रकाशित मिति : मंसिर २०, २०७९ मंगलबार १६:२०:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया