पार्टीलाई एकढिक्का बनाएर अघि बढ्छु नत्र अवसरवादीले ठाउँ पाउँछन् : शेखर कोइराला

नवनिर्वाचित प्रतिनिधिसभा सदस्य कांग्रेस नेता शेखर कोइरालाले पार्टीलाई एकढिक्का बनाएर अघि बढ्ने बताएका छन् । उनले कांग्रेसको साख गिर्न नदिन मुलुकमा सुशासन दिनका साथै भ्रष्टाचार र दण्डहीनताको अन्त्य गरेरै छाड्ने बताए ।

मंगलबार कांग्रेस नेता गुरूराज घिमिरेकाे पुस्तक 'बाटो बिराएको राजनीति' विमोचनपछि उनले पार्टी विभाजन भए अवसरवादीहरूले ठाउँ पाउने गरेकाले पार्टीलाई एकढिक्का बनाउने प्रतिबद्धता जनाए ।

अब सत्ता गठबन्धनकै सरकार बन्ने, तर त्यसले जनताले खोजेजस्तो काम गर्छ वा गर्दैन भन्ने प्रश्न रहेको उनले बताए।

विचारमा आबद्धहरू एक ठाउँ बस्ने गरेको, तर विभाजन भएपछि  अवसरवादीहरूले ठाउँ पाउने भएकाले सही बाटोमा हिँड्न उनले युवाहरूलाई आग्रह गरे ।





  • प्रकाशित मिति : मंसिर २०, २०७९ मंगलबार १६:३०:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया