राजन तामाङ र एलिना चौहानको आवाजमा 'मरे त सम्झना' सरोज आश्माको अभिनय

गायक राजन तामाङ र गायिका एलिना चौहानको आवाजमा 'मरे त सम्झना' बोलको गीत बजारमा आएको छ । 

उनै गायक राजन तामाङको आफ्नै युटुब च्यानल मार्फत राजन तामाङमार्फत गीतलाई बजारमा ल्याएको हो । दर्शक एंव श्रोताहरुले गीतलाई मन पराउनेमा आफू विश्वस्त रहेको गायक राजन तामाङले बताए ।  

गायक एवं संगीतकार आरबी लामाको शब्द र संगीत रहेको उक्त गीतलाई रिकेश गुरुङले संगीत संयोजन गरेका हुन् भने श्यामश्वेत रसाइलिले मिक्सिङ गरेका हुन् । 

भिडियोमा कार्टुन क्रुका सरोज अधिकारी, आश्मा विश्वकर्मा, आरबी लामा, अनु तामाङ र बाल कलाकार देवानसी राज्य लक्ष्मी शाह र श्रेयस तामाङको अभिनय समेटिएको छ ।  

रामकुमार केसीले छायांकन र राजीव समरले कोरियोग्राफी गरेको उक्त गीतको म्युजिक भिडियोलाई टेकेन्द्र शाहले सम्पादन, कलर र निर्देशन गरेका हुन् ।





  • प्रकाशित मिति : मंसिर २०, २०७९ मंगलबार १६:३४:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया