नयाँ पुस्तालाई सरकारको नेतृत्व हस्तान्तरण गर्नुपर्छ, मेराे कुनै पदमा दाबी छैन : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब देश युवाको नेतृत्वमा जानुपर्ने बताएका छन् । 

झापा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य शर्माले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अब अभिभावकत्व ग्रहण गर्दै नयाँ पुस्तालाई सरकारको नेतृत्व हस्तान्तरण गर्नेमा आफू आशावादी रहेको बताए । 

झापाको धुलावारीमा मंगलबार आयाेजित आभार समारोहमा बोल्दै शर्माले अवसर र प्रधानमन्त्री पटकपटक आफैँले पाउनुपर्छ भन्ने प्रवृत्तिकाे विपक्षमा आफू रहेको स्पष्ट पारे । 

अहिले पदका लागि आफ्नो कुनै दाबी नरहेको स्पष्ट पार्दै उनले सहज रुपमा नयाँ पुस्तालाई अगाडि उभ्याउनका लागि परिपक्क रुपमा आफू अघि बढ्ने प्रतिबद्धतासमेत जनाए । 





  • प्रकाशित मिति : मंसिर २०, २०७९ मंगलबार १७:२८:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया