सडक डिभिजन कार्यालय पुगेर सोविता गौतमले दिइन् अलपत्र सडक तत्काल निर्माण गर्न दबाब

काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित सोविता गौतमले आफ्नो क्षेत्रमा लामो समयदेखि अलपत्र पारिएका सडकहरू तत्काल निर्माण सम्पन्न गर्न सराेकारवाला निकायलाई दबाब दिएकी छन् । मंगलबार सडक डिभिजन कार्यालय काठमाडौं पुगेर उनले कार्यालय प्रमुख नारायणप्रसाद निहुरेलाई दबाब दिएकी हुन् ।

सांसद गाैतमले सामाजिक सञ्जालमार्फत आफूले सडक निर्माणमा भइरहेको ढिलाइबारे कार्यालय प्रमुखसँग छलफल गरेको जानकारी दिएकी हुन् । 

उनले सामाजिक सञ्जालमा लेखेकी छन्,  ‘आज सडक डिभिजन कार्यालय, काठमाडौं अन्तर्गत पर्ने काठमाडौं निर्वाचन क्षेत्र नं २ का निम्न सडकको निर्माण, सुधार, र मर्मत कार्यको प्रगतिको सन्दर्भमा सडक डिभिजन कार्यालय प्रमुख नारायण प्रसाद निहुरे, इन्जिनियर तुलाकान्त चौधरीलगायत अन्य इन्जिनियरहरूसँग छलफल ! 

१) साँखु–बज्रयोगिनी–चौकीभन्ज्याङ–धारापानी–पटाप–कुण्डेश्वर सडक (निर्माणाधीन) 
२) साँखु–फड्केश्वर सडक (निर्माणाधीन ) 
३) जर्सिङ्पौवा–भोटेचौर सडक (सम्झौता चरणमा ) 
४) मूलपानी–ब्रह्मखेल सडक (निर्माणाधीन) 
५) बोडे–मूलपानी–क्रिकेट ग्राउण्ड–गोकर्ण सडक (निर्माणाधीन) 
६) पेप्सीकोला–मूलपानी–पिपलबोट सडक (निर्माणाधीन)’





  • प्रकाशित मिति : मंसिर २०, २०७९ मंगलबार १७:५५:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया