सुर्खेतमा श्रीमतीको घाँटी रेटी हत्या गर्ने श्रीमान् पक्राउ

सुर्खेतमा आफ्नै श्रीमतीको टाउँको रेटेर भागिरहेको अवस्थामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

जिल्लाको पञ्चपुरी नगरपालिका ३ तोक्माका बस्ने ३८ वर्षीय अम्मर आले मगरले मंगलबार दिउँसो ३ बजे धारिलो हतियारले आफ्नै श्रीमती अन्दाजी ३० वर्षीया मीना आलेको घाँटी रेटेर हत्या गरेका थिए । 

टाउको प्लाष्टिकको थैलोमा राखेर भागिरहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो । उनलाई इलाका प्रहरी कार्यालय बावियाचौरबाट खटिएको प्रहरी टोलीले सोही ठाउँको पलैटे स्वाथ्य चौकी पछाडिबाट पक्राउ​ गरेको हो ।

उक्त घटना स्थलमा इलाका प्रहरी कार्यालय बाबियाचौरवाट १३ जनाको प्रहरी टोली खटिएको थियो । उनको घरमा छोरा छोरी र आमा रहेको बताइएको छ ।  

घटनाको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । आले मगरलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।





  • प्रकाशित मिति : मंसिर २०, २०७९ मंगलबार १९:४७:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया