जनकपुर जेसिज केही पूर्वपदाधिकारीको कब्जामा : पूर्वअध्यक्ष साह

जनकपुर जेसिजका पूर्वअध्यक्ष गौतम साहले संस्थालाई चौतर्फी घेराबन्दीमा पारिएको आरोप लगाएका छन् । मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी साहले केही पूर्वअध्यक्ष तथा पदाधिकारीले संस्थालाई आफूअनुकूल चलाउन खोजिरहेको आरोप लगाएका हुन् । 

साहले केही मिडिया र सामाजिक सञ्जालमा जनकपुर जेसिजलाई जोडेर अनियमितता सहितको विवादित समाचार प्रकाशन÷प्रसारण भएको घटनालाई केलाउँदै त्यसमा सम्पूर्ण दोष केही पदाधिकारीमाथि लगाएका छन् । 

उनले जेसिजका उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष मिलेर व्यापक रुपमा संस्थाविरोधी  गतिविधि गरेको र संस्थाको पैसालाई व्यक्तिगत प्रजोजनमा खर्च गरेको आरोपसमेत लगाए । 

उनले आफू अध्यक्ष रहेको बेलामा नेपाल जेसिजबाट प्राप्त हुने भनिएको आर्थिक सहायता रकम सन् २०२१ मा संस्थाले प्राप्त गर्दा केही पदाधिकारी मिलेर फर्जी काम गरेको जिकिर गरेका छन् । संस्थामा यस्तै अनियमितताको खोजतलास गर्दा आफूविरुद्व षड्यन्त्र भइरहेको समेत उनले बताए ।

उनले आफ्नै पालामा संस्थाको भवन निर्माण भएको र त्यसक्रममा नेपाल जेसिजले जनकपुर जेसिजलाई १ लाख रुपैयाँ आर्थिक सहायता गर्ने निर्णयसमेत गरेको उनले बताए । नेपाल जेसिजले पैसा पठाउन केही समय लगाइरहेको देख्दा आफूले व्यक्तिगत रकमको प्रयोग गरेर संस्थाको भवन निर्माणका लागि चाहिने आवश्यक निर्माण सामग्री खरिद गरेको गौतमले दाबी गरे । 

गौतमले नेपाल जेसिजले पैसा पठाउँदा आफ्नो कार्यकाल समाप्त भइसकेको र सो पैसा पाउन संस्थाका २०२१ का अध्यक्ष मनोज साह र कोषाध्यक्ष उपेन्द्र साह मिलेर मेगा बैंकमा खाता खोलाई संस्थामा आएको रकमलाई दुरुपयोग गरेको दाबीसमेत गरेका छन् । 



नेपाल जेसिजबाट वर्ष २०२२ को जनवरी महिनामा जनकपुर जेसिजको खातामा पठाएको रकम जनकपुरधामस्थित मेगा बैंकमा जेसिआई जनकपुरको नामले रहेको खाता नं.२१३००१००३०३६३ मा वर्ष २०२१ मा जनकपुर जेसिजका अध्यक्ष मनोजकुमार साह र का.का. उपाध्यक्ष उपेन्द्रकुमार साहको संयुक्त हस्ताक्षरबाट खुलेको खातामा जम्मा भए पनि सो खाताबाट वर्ष २०२२ को मार्च महिनामा जनकपुर जेसिजलाई कुनै जानकारी नै नगराई एवं खाताबाट रकम निकाल्ने कुनै निर्णय नै नभएको भए पनि खाताबाट सो रकम मनोज र उपेन्द्रले निकालेर संस्थामा जानकारी नगराएको उनको दाबी छ ।
 
उनले संस्थामा भोलिको दिनमा पनि यस किसिमको आर्थिक चलखेल हुनसक्ने भएकोले संस्थाको गरिमा बचाउनतर्फ सम्पूर्ण पदाधिकारीलाई एकजुट हुन आह्वानसमेत गरे ।



  • प्रकाशित मिति : मंसिर २०, २०७९ मंगलबार २०:२४:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया