बागमती प्रदेश सभा : दोस्रो कार्यकालका लागि १९ पुरानै अनुहार

मंसिर ४ गते भएको आम निर्वाचनबाट बागमती प्रदेशसभामा प्रत्यक्ष तर्फबाट १९ जना दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । प्रत्यक्षतर्फ प्रदेशको ६४ वटा निर्वाचन क्षेत्रकोे मत परिणाम सार्वजनिक हुँदा ४५ जना प्रदेशसभा सदस्यमा नयाँ अनुहारको इन्ट्री भएको छ भने १९ जना संसदहरु प्रदेश सभाको दोस्रो कार्यकालका लागि पुरानै अनुहारले निरन्तरता पाउने भएको छ । 

निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाम अनुसार काठमाडौंका ७, मकवानपुरका ३, भक्तपुर र काभ्रेका २÷२, चितवन, रसुवा, नुवाकोट, धादिङ र सिन्धुपाल्चोकका एक/एक क्षेत्रबाट निर्वाचित भएकाहरु दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

चितवन–१ (ख) बाट नेकपा एकीकृत समाजवादीका कृष्णप्रसाद शर्मा खनाल पुनः निर्वाचित भएका हुन् । काठमाडौं–१ (क) बाट कांग्रेसका दिपेन्द्र श्रेष्ठ पनि पुनः निर्वाचित भएका छन् । त्यस्तै भक्तपुर–१ (ख)बाट  नेमकिपाका सुरेन्द्रराज गोसाई, भक्तपुर–२ (ख) बाट एकीकृत समाजवादीका राजेन्द्रमान श्रेष्ठ, रसुवा–१ (क) बाट कांग्रेसका प्रभात तामाङ, नुवाकोट– १ (क) बाट माओवादी केन्द्रकी राधिका तामाङ पनि दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका हुन् । 

त्यस्तै, मकवानपुर–१ (क) बाट माओवादी केन्द्रका प्रेमबहादुर पुलामी, मकवानपुर–२ (क) बाट माओवादी केन्द्रकी कुमारी मोक्तान, मकवानपुर–२ (ख) बाट कांग्रेसका ईन्द्रबहादुर बानियाँ, धादिङ–१ (ख) बाट माओवादी केन्द्रका शालिकराम जम्कट्टेल, सिन्धुपाल्चोक–२ (क) माओवादी केन्द्रका युवराज दुलाल शरद, काभ्रे–१ (क) बाट माओवादी केन्द्रका रत्नप्रसाद ढकाल पनि दोस्रो कार्यकालका लागि प्रत्यक्ष तर्फबाट निर्वाचित भएका हुन् ।

त्यसैगरी काठमाडौं–३ (क) बाट कांग्रेसका छिरिङ दोर्जे लामा पनि दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका छन् ।  काठमाडौं–७ (क) बाट एकीकृत समाजवादीका वसन्तप्रसाद मानन्धर, काठमाडौं–७ (ख)बाट एमालेका प्रकाश श्रेष्ठ, काठमाडौं–९ (ख) बाट एमालेका केशवप्रसाद पोखरेल, काठमाडौं–१० (क) बाट कांग्रेसका पुकार महर्जन, काठमाडौं– १० (ख)बाट एकीकृत समाजवादीकी रमा आले मगर र काभ्रे–२ (क) बाट एकीकृत समाजवादीका लक्ष्मण लम्साल बागमती प्रदेश सभा सदस्यमा पुनः निर्वाचित भएका हुन् ।
 





  • प्रकाशित मिति : मंसिर २०, २०७९ मंगलबार २०:३३:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया