विश्वकप फुटबल: माेरक्को क्वार्टरफाइनलमा

पेनाल्टी सुटआउटमा स्पेनलाई पराजित गर्दै माेरक्काे विश्वकप फुटबल २०२२ काे क्वार्टरफाइनलमा प्रवेश गरेकाे छ । 

निर्धारित तथा थपिएकाे समयमा कुनै गाेल हुन नसकेपछि भएकाे पेनाल्टी सुटआउटमा माेरक्काेले स्पेनलाई ३–० ले पराजित गरेकाे हाे ।

स्पेनले याे विश्वकपमा ४ वटा पेनाल्टीमा स्काेर गर्न नसकेर एउटा खराब रेकर्ड बनाएकाे छ ।

पेनाल्टीमा मोरोक्कोको अब्देल हमिद सबिरी, हाकिम जियाच र एचरफ हकिमीले गोल गर्दा बदर बेनाउन चुकेका थिए । स्पेनका भने तीनवटै प्रहार सफल हुन सकेनन् । जसमा पाब्लो सरबिया, कार्लोस सोलेर र सर्जियो बुस्केट चुकेका थिए ।

योसँगै मोरोक्को पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो । सेमिफाइनलमा मोरोक्कोले भरे राति नै सम्पन्न हुने पोर्चुगल र स्वीट्जरल्याण्डबीचको खेलको विजेता टोलीसँग खेल्नेछ ।





  • प्रकाशित मिति : मंसिर २०, २०७९ मंगलबार २३:३९:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया