वाम-लोकतान्त्रिक गठबन्धनको सरकार बन्छ, सशक्त कार्यक्रम ल्याउँछौँ : बेदुराम भुसाल

नेकपा (एकीकृत समाजवादी) का महासचिव डा. बेदुराम भुसालले वाम–लोकतान्त्रिक गठबन्धनको नेतृत्वमा नयाँ सरकार निर्माण हुने बताएका छन् । 

मंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनले मुलुकमा संविधानको रक्षा, राजनीतिक संरक्षणका लागि गठन भएको गठबन्धनको साझा उम्मेदवारले सरकारको नेतृत्व गरी देशमा स्थायित्व र स्थिरता कायम गर्ने बताए । 

भुसालले अबका केही सातामा बन्ने नयाँ सरकारले राष्ट्रको विकासका साथै जनताको सामाजिक रूपान्तरणका लागि योजनाबद्ध रूपमा सशक्त कार्यक्रम ल्याउने विश्वास व्यक्त गरे । 





  • प्रकाशित मिति : मंसिर २१, २०७९ बुधबार ६:४४:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया