विश्वकप लिग–२ सिरिजमा नामिबियाको सामना गर्दै नेपाल

आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले आज घरेलु टोली नामिबियाको सामना गर्दैछ । नेपाल र नामिबियाबीचको खेल दिउँसो १ः४५ देखि विन्डहोक मैदानमा सुरु हुनेछ । 

जारी सिरिजमा नेपाल पहिलो जितको खोजीमा छ । नेपालले पहिलो खेलमा वर्षाका कारण नामिबियासँग अंक बाँड्दा दोस्रो म्याच स्कटल्याण्डसँग ३ विकेटको हार बेहोर्‍यो ।

नामिबियाले सिरिजमा दुई खेल खेल्दा एकमा जित र एक खेलमा अंक बाँडेको छ ।  

लिग–२ मा नामिबिया ३५ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । उसले हालसम्म २९ म्याच खेल्दा १७ मा जित, ११ मा हार र एक खेलमा अंक बाँडेको छ ।

त्यस्तै, तालिकाको शीर्ष स्थानमा रहेको स्कटल्याण्डले ३१ म्याचमा २१ मा जित, आठमा हार र दुई खेलमा अंक बाँडेको छ । विश्वकप लिग–२ मा नेपाल तालिकाको छैटौं स्थानमा रहेको छ ।

नेपालले अहिलेसम्म २२ म्याच खेल्दा आठमा जित, १२ मा हार र दुई खेलमा अंक बाँडेको छ । ३६ म्याच खेलिसकेको अमेरिकाले १६ मा जित, १७ मा हार र तीन खेलमा अंक बाँडेको छ । त्यस्तै, ओमान दोस्रो, पाँचौंमा यूएई र सातौँमा पिएनजी छन् ।  





  • प्रकाशित मिति : मंसिर २१, २०७९ बुधबार ८:२३:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया